नवलपरासीमा गाडिले ठक्कर दिँदा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १० गते १२:४५ मा प्रकाशित

नवलपरासी, १० पुस–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बिहिबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गैँडाकोट नगरपालिका २ पुल्चोकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४०/४२ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

घाइते अवस्थामा फेला परेका ती व्यक्तिको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

मृतकको अझै पहिचान हुन सकेको छैन । दाहिने हात नभएका ती व्यक्तिको विषयमा पहिचान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us