धर्ममा आस्था छैन भन्दै धार्मिक कार्यक्रममा बाबुराम !

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १:४६ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई गत सातादेखि बेग्लै चर्चामा छन् । हिन्दु धामिर्क अनुष्ठानमा एकपछि अर्को गर्दै सहभागिता र आयोजनालाई लिएर ।

Baburam-Bhattarai_AP_20120907053211

मंसिर १८ गते झापाको कृष्णमन्दिरमा आयोजित भट्टराई वंशको कुलपूजामा सहभागी भएर आएलगत्तै उनी पिता भोजप्रसाद भट्टराईको ८४ पूजाको आयोजक बनेर गोरखाको पुख्र्यौली थलोमा पुगेका थिए ।

जनयुद्धकालमा माओवादी कार्यकर्ताले किरिया बसेका व्यक्तितहरूलाई समेत सुराकीको आरोपमा आक्रमण गरेकाले धेरैको बुझाइमा एमाओवादी नेता धामिर्क आस्थाका दुस्मन हुन् भन्ने छ । तर, भट्टराईले बिल्कुल फरक धारणा व्यक्त गरेका छन्, विशेषत: हिन्दु धर्मबारे । उनी भन्छन्, ‘हिन्दु धर्ममा कट्टरता छैन । मेरो धर्ममा आस्था छैन, ब्रह्माण्डको उत्पत्तिबारेको विज्ञानलाई मान्छु तर पनि धर्ममा अस्था राख्नेहरुप्रति मेरो अनास्था छैन ।’

उसो भए माक्र्सले भनेजस्तो तपाईंका लागि धर्म अफिम होइन त ? उनले भने, ‘माक्सले पनि स्वार्थी शासकले धर्मलाई देखाएर जनतालाई लठ्याई कजाउन खोजेको अर्थमा अफिमको सन्दर्भ आएको हो । सबै धर्म अफिम होइन र म धर्मलाई अफिम हो भन्ने आवश्यकता पनि ठान्दिनँ ।’

उनले धामिर्क व्यक्तितहरुबीच सम्मान भाव दर्शाउँदै स्पष्ट पारे, ‘व्यक्तितगत आस्था राख्नेको विरोध गर्नुपर्ने आचरण म चाहन्नँ, तर धर्मलाई अरुको शोषणको माध्यम बनाउनुचाहिँ हुन्न ।’
नेपालमा ठूलो संख्या ‘८० प्रतिशत’ हिन्दु धर्ममा आस्था राख्छन् भन्ने यथार्थ बुझेको उनले बताए ।
अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us