
सिरहा, ९ मंसिर– श्रीमान् र श्रीमती मिलेर सँगसँगै विष सेवन गरे पनि श्रीमान् बाँच्न सफल भएका छन् भने श्रीमतीको आज उपचारका क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार मृत्यु हुनेमा शोभापुर–५ कि २५ वर्षीया चिन्तादेवी राम छिन् । उनका श्रीमान् हरेराम राम भने बाँच्न सफल भएका छन् । चिन्तादेवीको शव अहिले अस्पतालमै राखिएको छ । शव आजै लगेर दाहसंस्कार गर्ने चिन्तादेवीका श्रीमान् हरेरामले बताए । रासस