सार्कका सरकार तथा राष्ट्र प्रमुख आउँदै

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ३:५२ मा प्रकाशित

saarcकाठमाण्डु, ९ मंसिर– दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख आज काठमाण्डु आइपुग्दैछन् ।

शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति नवाज सरिफ, श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम तथा बङ्गलादेकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे काठमाण्डु आउने छन् ।

मोदी, सरिफ र राजापक्ष विशेष विमानबाट र अरु नियमति उडानबाट काठमाण्डु आउने कार्यक्रम छ । सबैभन्दा पहिला बिहान साढे ९ बजे राजापाक्ष आउने छन् ।

अफगानिस्तानका राष्ट्रपति घानी बिहान १०: ४५ बजे, भुटानी प्रधानमन्त्री तोब्गे ११: ४० बजे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह १२: ५ बजे, ३ देखि साढे ३ बजेको बीचमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदी आउने छन् ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री सरिफ ३: ३५ बजे र बंगलादेशी प्रधानमन्त्री हसिना ४: १५ बजे विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
अतिविशिष्ट व्यक्तिहरुलाई विमानस्थलमा स्वागत गर्ने जिम्म उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंहलाई दिइएको छ ।

गौतमले भारतका मोदी, श्रीलंकाका राजापाक्षे, माल्दिभ्सका यमिन र अफगानिस्तानका घानी तथा सिंहले बंगलादेशकी हसिना, भुटानका तोब्गे र पाकिस्तानका सरिफको स्वागत गर्नेछन् ।

सार्कका सरकार तथा राष्ट्र प्रमुख आउने भएपछि राजधानीमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । त्रिभुवन अन्तष्राष्ट्रि य विमानस्थलदेखि, तीनकुने, नयाँ बानेश्वमर, माइतीघर, त्रिपुरेश्वेर, कालमाटी हुँदै सोल्टी मोडसम्म, यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सार्कका अतिविशिष्ट र विशिष्ट पाहुनाको आवागमनको १० मिनेट अघि र ५ मिनेटपछिसम्म विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा गाडी गुड्न पाउने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us