मोदीले सुशीललाई आज ट्रमा सन्टेर हस्तान्तरण गर्ने

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ३:२५ मा प्रकाशित

काठमाण्डु ९ मंसिर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीर हस्पिटलमा निर्मित ट्रमा सेन्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्न भएका छन् । सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन आज काठमाण्डु आउन लागेका मोदीले एक कार्यबीच ट्रमा सेन्टर हस्तान्तरण गर्न लागेका हुन । भारत सरकारको सहयोगमा ६ वर्ष अघि निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सेन्टर सञ्चालनमा आउन सकेको थिएन ।

Trauma-Center_20111210094525

हस्तान्तरणका लागि ट्रमा सेन्टरको भवनमा सम्पूर्ण तयारी भइसकेको सेन्टरकी मट्रोन नरदेवी बरियाले जानकारी दिइन् । ‘भौतिक संरचना, आवश्यक पुर्ननिर्माणको सम्पूर्ण व्यवस्था भइसकेको छ’,  उनले भनिन्, ‘आकस्मिक कक्ष, शल्यक्रिया कक्षलगायत आवश्यक उपकरणहरुको सम्पूर्ण तयारी सकिएको छ ।’

सेन्टरको उद्घाटन लगत्तै बिरामीको उपचार सेवा दिन सुरु गरिने छ । ५० शैय्यामा सेवा दिने तयारी भइरहेको उनले जानकारी दिइन् । दुई सय शैय्या क्षेमताको भवनमा पूरा बेड भए पनि तत्कालका लागि ५० बेडमा मात्र सेवा सुचारु गर्ने तयारी भएको हो ।

सेन्टर सञ्चालनका लागि आवश्यक डाक्टर, नर्स, टेक्निसियन र प्रशासनिक कर्मचारीको व्यवस्था मिलाई सकिएको छ । मोदी नेपाल आएपछि आज दिउसो ४ बजे हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ठूला सडक दुर्घटनामा परी शरीर अंगभंग भएका, हातखुट्टा भाँचिएका, टाउको फुटेका, आगजनीमा जलेर घाइते भएका बिरामीलाई तत्काल उपचार गर्न र जटिल शल्यक्रिया गर्ने उद्देश्यले भारत सरकारले ट्रमा सेन्टरको भवन निर्माण गरिदिएको हो ।

भारतले कूल ३ अर्ब २० करेड खर्च गरेर यो भवनको निर्माण गरेको यो सेन्टरमा ७० प्रतिशत हाडजोर्नीका बिरामी, २० प्रतिशत न्युरो ट्रमाका बिरामी र १० प्रतिशत अन्य बिरामीको उपचार गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us