राप्रपा नेपाल अब पहिलो शक्ति हुन्छ : कमल थापा

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ मा संविधान जारी नभए त्यसपछि राप्रपा नेपाल देशको पहिलो राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।
kamal-thapa
नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गराउने उद्देश्यले जनमत तयार गर्न मेची अञ्चलका कार्यकर्ता भेटघाटका लागि झापा पुगेका अध्यक्ष थापाले आज बिहान बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा सो दाबी गरेका हुन् ।

प्रमुख तीन दल सत्ता केन्द्रित फोहोरी खेलमा अल्झिएका कारण माघ ८ मा संविधान जारी हुने कुरामा आफू विश्वस्त नरहेको बताउँदै थापाले राप्रपा नेपालले उठाएका विषय समावेश नभएको संविधान जनताले अस्वीकार गर्ने धारणा समेत व्यक्त गरे ।
नेपाली कांग्रेस र नेकपा एमाले संख्याको गणितीय दम्भ तथा एमाओवादी र मधेसवादी दल पराजयको पीडाले निषेधको राजनीतिमा लागेको आरोप लगाउँदै थापाले समयमा नै संविधान जारी गर्न संविधानसभाको पूर्ण बैठक तत्काल बोलाउनुपर्ने माग गरे ।

उनले आफूलाई अध्यक्षबाट राजीनामा माग्ने पद्मसुन्दर लावती समूहलाई इच्छा भए अर्काे पार्टी खोलेर देखाउन चेतावनी समेत दिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us