हत्या आरोपमा प्रक्राउ परेका वृद्धद्वारा हिरासतको शौचालयमा आत्महत्या

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ५:०७ मा प्रकाशित

तनहुँ, ८ मंसिर– गत असोज २२ गते तनहुँको किहूँ गाविस–४ निवासी ३० वर्षीय अमृता नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले सोमबार बिहान प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् ।

गाउँलेले दिएको किटानी जाहेरीका आधारमा सोही वडा निवासी ६४ वर्षीय लेखनाथ उपाध्यायलाई कात्तिक ३ गते पक्राउ गरेकोमा सोमबार बिहान करिब ३ बजे शौचालय गएका उनले शौचालयमै आत्महत्या गरेका हुन् ।

उपाध्यायले शौचालयको भेन्टिलेसनमा आफूले गलामा लगाएको गलबन्दीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us