
बुटवल, ८ मंसिर– रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
गत १ मंसिरदेखि बेपत्ता भएका सीमा सुरक्षा कार्यालय रुपन्देहीका जवान युवराज रानाभाट मृत अवस्थामा फेला परेका हुन् ।
गत सोमबार कार्यालयबाट एक घण्टाका लागि भन्दै बाहिर निस्केका रानाभाट त्यसलगत्तै सम्पर्क सम्पर्कबिहीन भएका थिए ।
कास्की जिल्ला थुमाकोडाँडा–२ स्थायी घर भएका २० वर्र्षीय रानाभाटको शव सीमा कार्यालयनजिकैको डण्डा नदीमा तैरिरहेको अवस्थामा आइतबार बेलुका फेला परेको प्रहरीले जनाएको छ ।
छोरा हराएपछि उनका पिताले शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा खोजीका लागि निवेदन दिएका थिए ।
सीमा सुरक्षा कार्यालय रुपन्देहीका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालले रानाभाट मङ्सिर १ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको बताए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।