
काठमाण्डु, ८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द भएपछि उनको स्वागतका लागि बनाइएका स्वागतद्वार र मञ्च भत्काइएको छ ।
सार्क सम्मेलनका क्रममा नेपाल आउँदा मोदीले भ्रमण गर्ने भनिएपछि जनकपुर र लुम्बिनीमा सरकारी तवरबाटै व्यापक तयारी भएको थियो ।
भारतीय विदेश मन्त्रालयले मुलुकभित्रै गरिएको प्रतिबद्धता र भ्रमणका कारण समय अपुग भएको भन्दै विज्ञप्ति निकालेर आइतबार मोदीको काठमाण्डुबाहिर हुने भनिएको भ्रमण रद्द भएको जनाएको थियो ।
जनकपुरको बाह्रबिघा र लुम्बिनीका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएका थिए । जनकपुरमा मोदीको नाकरिक अभिनन्दन गर्ने भन्दै मञ्चसमेत बनाइएको थियो ।
तर एकाएक भ्रमण रद्द भएपछि बनाउन खटेका मजदुरले नै मञ्च भत्काएका छन् ।