गाली गरेको भन्दै युवकमाथि खुकुरी प्रहार

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते २:५९ मा प्रकाशित

कञ्चनपुर, ८ मंसिर– गाली गरेको भन्दै एक समूहले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका २१ वर्षीय खगेन्द्र ठकुराठीलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका दामोदर अधिकारी, ज्ञानु रावललगायतको समूहले गाली गरेको भन्दै ठकुराठीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले गएराति हल्दुखाल क्षेत्रमा ठकुराठीको पेटमा खुकुरी प्रहार गरी घाइते बनाएको जानकारी दिए  ।

ठकुराठीको पेटमा गहिरो घाउ भएको र महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भएपछि सिफारिस गरिएको अस्पताल स्रोतले जनाएको छ ।

खुकुरी प्रहार गर्ने भीनपा–७ हल्दुखालका दामोदर अधिकारीलाई राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ  । घटनाबारे थप अनुसन्धान र फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us