चकलेट खुवाउने लोभ देखाएर चार वर्षीया बालिका बलात्कार गर्ने को ?

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १३:४६ मा प्रकाशित

कैलाली, ६ मंसिर– कैलालीमा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जिल्लाको पडौन–१ मल्लोसिमकी ती बालिका दुई शुक्रबार बलात्कृत भएकी हुन् ।

बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय अमर गुरुङलाई पक्राउ गरेको छ ।

घटना विवरण अनुसार गुरुङले बालिकालाई शुक्रबार दिउँसो तीन बजेको समयमा घरनजिकै गोठमा लगेर बलात्कार गरेका थिए ।

उनले बालिबालाई चकलेट खुवाउने लोभ देखाएर गोठमा लगेको र त्यसपछि बलात्कार गरेको कैलाली प्रहरीले जनाएको छ ।

बालिकाको अवस्था गम्भीर छ । उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे ५ भने प्रहीले घटनाबारे थप छानबिन गरिरहेकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us