एमाओवादीद्वारा निधिलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १२:५७ मा प्रकाशित

bimalendra nidhiकाठमाण्डु, ६ मंसिर– एकीकृत माओवादीले कुटनीतिक मर्यादाविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण स्थगन भएको गलत प्रचार गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिलाई बखास्त गर्न माग गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता दीनानाथ शर्माले मोदी भ्रमणारे वक्तव्यवाजी मोदी भ्रमण भाँड्न खोजेकाले उनलाई तत्काल बर्खास्त गर्न माग गरे ।

उनले नैतिकताका आधारमा निधिले पदबाट राजीनामा दिनु राम्रो हुने बताए ।

‘मन्त्री निधिलाई पदमा बसिरहन नैतिकताले दिँदैन’, शर्माले भने, ‘उनलाई कि प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍यो, कि नैतिकताका आधारमा आफैं राजीनामा दिनुपर्‍यो ।’

मोदीको जनकपुर भ्रमण स्थगन भएको भन्दै बिहीबार विज्ञप्ति जारी गरेपछि निधि विवादमा छन् ।

यद्यपि भारतीय पक्ष र नेपालकै परराष्ट्र मन्त्रालयले समेत मोदी भ्रमणको पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us