मोदी जनकपुर जाने पक्काः प्रधानमन्त्रीका साल्लाहकार

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीजनकपुर Chiranjibi-Nepalजाने पक्काभएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा नेपालले सार्क सम्मेलनमा भाग लिन नेपाल आउने मोदीको जनकपुर भ्रमण नरोकिएको प्रष्ट्याए ।

उनले मोदी भ्रमणको सरक्षासहति सबै तयारी पूरा भएको जानकारी दिए । नेपालले छरिएर रहेको सार्कको अर्थतन्त्रलाई एकीकृत रुपमा अघि बढाउन विशेष पहल थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

क्षेत्रीय सहयोग र विकासका लागि स्थापित साफ्टा प्रभावकारी नभएको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउँदै सार्कका सबै राष्ट्रबीच वस्तु आयात–निर्यात, मानिसहरुको आवतजावत र सेवाहरुको सहज रुपमाप्रवाहहुन सके आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हालै भारतसँग सम्पन्नविद्युतव्यापार सम्झौता (पिटीए) ले ठूलो हलचल ल्याएको बताउँदै उनले क्षेत्रीय स्तरमै पिटीए गर्नुपर्ने सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us