सुशील, ओली र प्रचण्डले बालुवाटारमा के गरे ?

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १२:३३ मा प्रकाशित

Prachanda-Sushil-Koirala-and-kp oliकाठमाण्डु, ६ मंसिर– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक शनिबार अबेरसम्म बसेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

बैठकमा अवरुद्द संविधान निर्माण प्रक्रिया अघि बढाउने विषयमा छलफल भएकाे थियाे । श्राेतका अनुसार बैठकमा प्रधान्मन्त्री काेइरालाले सार्क सम्मेलनअघि नै गतिराेध ताेडेर क्षेत्रीय रुपमा सकारात्मक सन्देश प्रवाह गर्न सके राम्राे हुने भन्दै लचक हुन प्रचण्डलाई अाग्रह गरेका थिए ।

प्रचण्डले भने विगतका सहमति र प्रतिबद्दताका कार्यान्वयनमा इमान्दार हुन काेइरालालाई अाग्रह गरेका थिए ।

दलीय सहमतिमा संविधान जारी गर्नुकाे विकल्प नरहेकाे उनले बताए । बैठकमा नेताहरु सहमतिमै अघि बढ्न सहमत देखिएका छन् ।

सहमतिका लागि अाइतबार तीन दलका शीर्ष नेताकाे बैठक बस्ने सहमति भएको एमाअाेवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

बिहान भएको छलफलमा कोइरालाले छिट्टै एमाले अध्यक्ष ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बोलाउने आश्वासन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us