एजेन्सी– अमेरिकीहरुले वर्षमा एक करोड ५४ लाख किलोग्राम खाना फाल्ने गरेको पाइएको छ ।
वातावरण संरक्षण संस्था इन्भाइरन्मेन्ट प्रोटेक्सन एजेन्सी ‘इपीए’ ले उक्त कुरा बताएको हो ।
यो अमेरिकामा कुल उत्पादित खानाको २१ प्रतिशत हो । खेर फालिने खानाको मूल्य १ दशमलब ३ अर्ब अमेरिकी डलर हुन आउँछ ।
अध्ययनले अमेरिकामा प्रत्येक ६ जना व्यक्तिमध्ये एक भोको हुने पनि औंल्याएको छ ।
खेर पालिने खाना ४० प्रतिशत घर तथा ६० प्रतिशत रेस्टुराँ, खाना उत्पादन गर्ने संस्था तथा अस्पतालबाट निस्कने गरेको पाइएको छ ।
खाद्यान्न उत्पादन पर्याप्त भएकामा खुसी मनाउन आयोजना गरिने बिदाको दिन अमेरिकीहरुलाई खाना खेर नफाल्न आग्रह गरिने भएको छ ।