
कपिलवस्तु, ६ मंसिर– पूर्वसञ्चार तथा कृषिमन्त्री राघवेन्द्र प्रताप शाहको ८० वर्षको उमेरमा निधन भएको छ ।
बहादुरगन्ज निवासी शाहको उपचारका क्रममा भारतको लखनउस्थित नेरा अस्पतालमा शुक्रबार निधन भएको हो ।
हृदयाघातबाट ग्रसित शाहको यही रोगका कारणले मृत्यु भएको परिवारले जनाएको छ ।
विक्रम संवत् १९९२ कात्तिक ३० मा जन्मेका शाह पञ्चायती कालमा सञ्चार तथा सूचना राज्यमन्त्री बन्नुभएको थियो । पाँचपटक जिविस सभापति बनेका उनी पछिल्लो समय जिल्लामै थिए ।
उनको शव बहादुरगञ्ज बजार परिक्रमा गराएरै शनिबार साँझ सुरई नदीमा अन्त्येष्टि गरिने बताइएको छ । शाहका श्रीमती, एक छोरा र चार छोरी छन् ।