वैद्यले बोलाए पनि बैठकमा नजाने भए विप्वल

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ३:०० मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, ६ मंसिर– संस्थापन र असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच विवाद चर्किएका बेला नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक आजबाट राजधानीमा सुरु हुँदैछ ।

नेवा: राज्य समिति कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टी विवाद समाधानको एजेण्डामा केन्द्रित रहेर छलफल हुने केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए ।

मुल नेतृत्वले ठोस कार्यदिशा दिन नसक्दा पार्टी अकर्मण्यतामा फसेको भन्दै विप्लव समूहले गत कात्तिक २६ र २७ गते कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गरेको थियो ।

भेलालाई अराजकता, गुटवाद र फुटवादको संज्ञा दिँदै कात्तिक अन्तिम साता बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले विप्लव र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग लिखित स्पष्टीकरण माग गरेको थियो ।

स्पष्टीकरणका लागि तोकिएको समयीमा गुज्रिए पनि उनीहरुले स्पष्टीकरण बुझाएका छैनन् ।

विप्लव पक्षले स्पष्टीकरण नदिने भन्दै अध्यक्ष उल्टै मोहन वैद्य र महासचिव रामबहादुर थापाले स्पष्टप्करण माएिको सम्बन्धमा आत्मालोचना गर्नुपर्ने सर्त राखेको छ ।
विप्लव पक्ष बैठकमा नजाने
यसैवीच आजको बैठकमा असन्तुष्ट पक्षका नेता सहभागी नहुने भएका छन् । सो पक्षका केन्द्रीय सदस्य झकबहादुर मल्लले आफूहरु बैठकमा सहभागी नहुने बताए ।

आफूहरुमाथि लगाइएको फुटपरस्त आरोप फिर्ता लिँदै विशेष महाधिवेशन बोलाउन संस्थापन पक्ष तयार भए मात्र बैठकमा सहभागी हुने उनले बताए ।

यसअघि हिजो बसेको संस्थापनको केन्द्रीय समिति बैठकले असन्तुष्ट पक्षलाई आफ्ना असन्तुष्टि बैठकमा राख्न आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us