
लहान, ६ मंसिर– सुकुम्बासी समस्या समाधान आयोग सिरहामा जग्गा प्राप्तिका लागि २० हजार भूमिहीन सुकुम्बासीले निवेदन दिएका छन् ।
गते कात्तिक ३० गतेसम्मको ३५ दिने अवधिमा आयोगले भूमिहीन एवं सुकुम्बासीको सुविधालाई ध्यानमा राखी सदरमुकाम सिरहा र लहान गरी दुई स्थानबाट निवेदन दर्ता गर्ने व्यवस्था मिलाएको थियो । सोअनुसार सिरहा केन्द्रमा १४ हजार ५ सयको र लहान केन्द्रमा झन्डै ६ हजारको निवेदन दर्ता भएको आयोगका अध्यक्ष रामचन्द्र मण्डलले जानकारी दिए ।
आगामी पुसमा जग्गाको पहिचान र निवेदकको घरदैलामा पुगेर उनीहरुको पहिचान गरी माघ महिनादेखि तोकिएको मापदण्डका आधारमा जग्गा दिन सुरु गरिने जनाइएको छ ।
यता ढिलो गरी सूचना पाएका थुप्रै भूमिहीन तथा सुकुम्बासीले निवेदन दर्ता गराउन नपाएको गुनासो गरेका छन् । समितिले व्यापक प्रचारप्रसार नगरेका कारण थुप्रै भूमिहीनले सुकुम्बासी अझै निवेदन दर्ता गराउन नपाएको दलित अगुवा विनोदकुमार बिसुन्खेले बताए । रासस