मोदीको अभिनन्दन बाह्रबिघा मैदानमा

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १:०८ मा प्रकाशित

modiकाठमाण्डु, ६ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थानीयस्तरको अभिनन्दन तथा सम्बोधन बाह्रबिघास्थित खुला मैदानमै गर्न दिइनेमा सरकारले आश्वस्त पारेपछि उनको पूर्वनिर्धारित जनकपुर भ्रमण हुने जानकारी परराष्ट्र मन्त्रालयले पाएको छ । मन्दिर परिसरमा मात्र सम्बोधन गर्न पाइने भएमा मोदी त्यहाँ नजाने भारतीय पक्षले अनौपचारिक जानकारी बिहीबार दिएपछि धार्मिक भ्रमण रद्द भएको जनाइएको थियो ।

परराष्ट्र स्रोतकाअनुसार भ्रमण रद्दको सूचना आउनासाथ लगातार कूटनीतिक र राजनीतिक तहमा छलफल भएपछि भारतले पुनर्विचार गर्ने बताएको छ । तर यसै गर्ने भन्ने यकिन जानकारी आइनसकेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘यसको अन्तिम निर्णय शनिबारमात्र जानकारी दिने भनिएको छ ।’

मोदी काठमाण्डु बाहिर जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने भनिएको थियो ।

मोदीको जनकपुर भ्रमण रद्द भएको आधिकारिक जानकारी भौतिक पूर्वधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले जनकपुर भ्रमणमा जुटेका भारतीय स्रोतबाट अनौपचारिक जानकारी प्राप्त हुनु गम्भीर त्रुटि भएको टिप्पणी परराष्ट्रले गरेको छ । रद्द भएको जानकारी सञ्चारमाध्यममा आउनासाथ भारतसित विभिन्न स्तरमा वार्ता भए पनि शुक्रबार अबेरसम्म निर्णय भएको छैन ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us