मोदीको भ्रमण रोकिएको छैन: पाण्डे

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १२:१० मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण रद्द भएको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् ।

Mahendra Pandey

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरी पाण्डेले मोदीको पूर्वनिर्धारित भ्रमण तालिकामा कुनै परिवर्तन नभएको प्रष्ट्याए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले मोदीको जनकपुर भ्रमण स्थगन भएको भन्दै विज्ञप्ति जारी गरेकामा तीव्र असन्तुष्टि जनाए ।

पाण्डेले भारतीय पक्षबाट भ्रमण स्थयन भएको विषयमा कुनै जानकारी नआएको बताउँदै निधि नभई त्यसबारे बताउने आधिकारिक व्यक्ति आफू भएको दाबी गरे ।

‘निधिजीले के को आधारमा किन र कसरी विज्ञप्ति जारी गर्नुभयो, यसबारे मलाई थाहा छैन’, पाण्डेले भने, ‘भ्रमणका बारेमा बोल्ने आधिकारिक व्यक्ति म हुँ, निधिजी होइन ।’

पत्रकार सम्मेलनमा उनले मोदीमात्र नभई नेपाल भ्रमण गर्न चाहने सार्कका सरकार तथा राष्ट्र प्रमुखलाई घुमफिरको वातावरण बनाउन सरकार तयार रहेको जनाए । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us