उपप्रधानमन्त्री सिंह जब कुर्चीमै अड्किए…

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:३० मा प्रकाशित

काठमाण्डु, २ मंसिर – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह नवौं सार्क सम्मेलन स्थलको निरीक्षण गर्न मंगलबार राष्ट्रिय सभा हल पुगे IMG_0627। उनी हलभित्रको सबै व्यवस्थाको अवलोकन गरेपछि अतिथि आसन ग्रहणको कुर्ची पनि नापजाँच गर्न थाले ।

कुर्चीहरु कति सहज छन् भनेर बसेका मात्रै के थिए, उपप्रधानमन्त्री कुर्चीमै अड्के । अगाडितिर उनको घुँडा ठोकियो । अनि उनले तुरुन्तै निर्देशन दिए– यो तत्काल फेरिहाल्नुस् ।

IMG_0549त्यसपछि सम्मेलनका लागि तयार भइसकेका कुर्चीहरु रातरात फेरिने भएका छन् ।

मोटो र अग्लो मान्छे नअट्ने आकारका कुर्ची बनाइएको भन्दै उपप्रधानमन्त्री सिंहले सबै कुर्चीहरु सजिला राख्न निर्देशन दिएका हुन् ।

सभागृहमा झण्डै पाँच सय कुर्चीहरु राखिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us