प्रधानमन्त्रीका भाइ अरुणको निधन

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:१८ मा प्रकाशित

arun-koiralaकाठमाण्डु, २ मंसिर– नेपाली काँग्रेस बाँकेका सभापति अरुण कोइरालाको मंगलबार निधन भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाका भाइसमेत रहेका ७३ वर्षीय कोइरालाको दिल्लीस्थित मेदान्त सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

निमोनियाका कारण थलिएका कोइरालाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि एक महिनाअघि एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।

उनको शव अन्त्येष्टिका लागि आजै काठमाण्डु ल्याउने तयारी भइरहेको प्रधानमन्त्री कोइरालाका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।

अरुणका श्रीमती, एक छाेरा र एक छाेरी छन् ।

अरुण प्रधानमन्त्री कोइरालाका काइँला भाइ हुन् । प्रधानमन्त्रीका ६ दाजुभार्इ र ६ दिदीबहिनी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us