
काठमाण्डु, ३ असार– संयुक्त राज्य अमेरिकाले बग्दादमा रहेका अमेरिकी कर्मचारी र दूतावासको सुरक्षार्थ २७५ जना लडाकु सेना इराक पठाउंदैछ।
राष्ट्रपति ओबामाले अमेरिकी संसद, कंग्रेसलाई एउटा पत्र लेख्दै, बग्दादमा २७५ जना सैनिकहरु परिचालन गर्ने आफ्नो योजनाको जानकारी गराएका छन्।
उनी भन्छन् त्यस्तो सैन्य बलको उद्देश्य अमेरिकी नागरिक र सम्पत्तीको सुरक्षा गर्नु हो र आवश्यक परेको खण्डमा त्यो लडाईंका लागि समेत तयार हुने गरी सुसज्जीत रहने छ।
स्थलमा सुरक्षास्थितमा सुधार नआएसम्म त्यस्तो सैन्यबल इराकमा नै रहनेछ।
तर उग्रवादी समूह आइएसआइएसले इराकमा आक्रामक कार्वाही अघि बढाउंदै लगिरहेको अवस्थामा त्यस्तो सैन्य फिर्तीको समय कहिले हुन्छ भनेर यकिन साथ भन्न सकिने अवस्था छैन। बिबिसी