
काठमाण्डु,२९ जेठ – परीक्षा नियन्त्रय कार्यालयले शुक्रबार साँझ ५ बजेसम्ममा एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइसकेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिएका छन् ।
नियन्त्रक द्वारेका अनुसार कुनै प्राविधिक त्रुटी देखिएन भने भोलि साँझ ५ बजे सम्ममा नतिजा सार्वजनिक हुनेछ ।
शिक्षा मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्ड बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ ।