
काठमाण्डु, १४ जेठ– दक्षिण कोरियाको एक अस्पतालमा भएको आगलागीमा एक नर्ससहित कम्तिमा २१ जनाको ज्यान गएको छ ।
बीबीसीका अनुसार आगलागीमा ज्यान गुमाउने अधिकांश ७० देखि ८० वर्ष उमेर समूहका रहेका छन् ।
जानसियोङस्थित अस्पतालमा भएको आगलागीमा परी जर्दनौं घाइते भएका छन् । सयौं बिरामीले उपचार गराइरहेको अस्पतालमा अचालनक आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागी भएपछि बिरामी र कुरावाको भागदौड मच्चिएको थियो । आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।