संसदीय सुनुवाई विशेष समितिमा सभासदका यस्ता प्रश्न

काठमाण्डु टुडे २०७१ जेठ ९ गते ७:२० मा प्रकाशित

काठमाण्डु जेठ– सर्वोच्चको न्याय सम्पादनबाट तपार्इं सन्तुष्ट हुनुहुन्छ ? न्याय क्षेत्रका मुख्य चोनौती के–के छन्, त्यसलाई सम्बोधन गर्ने तरिका तपाईसँग के छन् ? – रवीन्द्र अधिकारी

प्रस्तावित न्यायाधीशहरु इतिहासकै सबैभन्दा विवादित भए, अदालमा स्वतन्त्र, सक्षम र निष्पक्ष वातावरण सिर्जना गर्न तपाईंको भूमिका के हुन्छ ? – कुन्तीकुमारी शाही

वातावरणीय परिवर्तन, रोक्न र चुरे संरक्षणलाई कसरी सम्बोधन गर्न सकिन्छ ? महिला हिंसा र बलात्कारका घटना न्यूनीकरण गर्न के सुझाव छ कसरी अघि बढ्नुहुन्छ ? – आरजु राणा देउवा

तपाईंको सम्पत्ति विवरण किन आएन ? –वृजेशकुमार गुप्ता

न्याय क्षेत्रमा तपाईंले गरेका सबैभन्दा राम्रो काम के हो ? – अष्टलष्मी शाक्य बालकृष्ण ढुंगेलको सुरु र अन्तिमको फैसला जन्मकैदको आयो, तर तपाईं भएको पुनरावेदन आदलतले सफाइ दियो, त्यसको न्यायीक आधार के हो ? आदलत सुधारका योजना के छन् ? – डा. प्रकाशशरण महत

अदालतमा भाषिक नीति कस्तो हुनुपर्छ ? – गोपाल दतिह

जनतालाई चाँडो न्याय दिने योजना के छ ? जनताको नजरमा साँच्चिकै अदालत तटस्थ हुन्छ भन्ने भान कसरी पार्न सक्नुहुन्छ र अदालतमा सुधारको आवश्यकता छ कि छैन ?– राजेन्द्र पाण्डे

संवैधानिक अदालत चाहिन्छ कि चाहिंदैन ? स्थायी न्यायाधीशलाई किन हटाइयो ? के उनीहरु अयोग्य भएर हो ? प्रस्तावित न्यायाधीशहरुबारे यति धेरै विवाद भएपछि तपाईं के सर्वोच्चमा बस्न लायक हुनुहुन्छ ?– चित्रबहादुर केसी

सर्वोच्चले किन पटकपटक रजनीतिक मुद्धामा हात हाल्ने गरेको छ ? यसले शक्ति पृथकीकरणको सिद्धान्तमा खलल पार्दैन ? –रामजनम चौधरी अदालत किन आफ्नो क्षेत्राधिकार नाघेर राजनीतिक मुद्धाहरुमा सक्रिय हुने गरेको छ ? संविधानसभाको कार्यकाल दुईबाट चार वर्ष पुर्‍याउने काम अदालतकै फैसलाले हो । तर चार वर्षबाट बढाउन किन दिइएन ? पहिले बढाउँदा किन कानमा तेल हालेर बस्यो ? पहिले २६ जनामा दुई ठाउँबाट हारेका माध नेपाललाई मनोनयन गर्दा चुप लागेर बस्ने अहिले चाहिं आनावश्यक मापदण्ड तोकिरहेको छ किन ? – टोपबहादुर रायमाझी

वैद्यनाथ उपाध्यायको जवाफ

समाजमा भ्रष्टाचार भए त्यसको प्रतिबिम्ब समाजका सबै क्षेत्रमा फैलिन्छ । म कहिल्यै पनि प्रधानन्यायाधीश बन्न सक्तिन । म प्रधानन्यायाधीश हुने हैसियतको मान्छे पनि होइन । त्यसैले ममा मुन हुने चाहना छैन । मलाई स्टार हुन दिनुस् । पहिल्यैदेखि म हुने खाने कै छोरा थिएँ अब हेरे हुन्छ, सम्पत्ति कति छ । बालकृष्ण ढुंगेलको पहुँचमा पुग्ने मेरो हैसियत छैन ।

उहाँसँग पैसा माग्ने हैसियत मेरो मात्र होइन अरु कसैको पनि छैन । आफूविरुद्ध परेका सात वटा उजुरी र सभासदले सोधेका प्रश्नको यतिमात्र जवाफ दिएर उपाध्याय बेठकस्थलबाट बाहिरिए । सभासदले सबै प्रश्नको जवाफ नआएको भन्दै आपत्ति जनाए । तर बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले प्रतिप्रश्न गर्न दिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us