एक नेपालीको खर्च वर्षमा ४४ हजार

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– काठमाण्डु, ४ जेठ– नेपालको प्रतिपरिवार वार्षिक उपभोग औषत खर्च दुई लाख चार हजार ८५३ रहेको छ ।
paisaतथ्याङ्क विभागले आइतबार सार्वजनिक गरेको वार्षिक घरपरिवार सर्वेक्षण २०६९/७० अनुसार ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारको वार्षिक उपभोग खर्च रु एक लाख ७३ हजार २१५ र सहरी क्षेत्रको प्रतिपरिवार खर्च तीन लाख ४० हजार ६०७ पुगेको छ ।

विभागले दैवी छनोट विधिद्वारा नेपालको ग्रामीण क्षेत्र र सहरी क्षेत्रका सय/सय वडाका तीन हजार घरपरिवारमा गरिएको सर्वेक्षणको आधारमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालीले आफ्नो कुल पारिवारिक उपभोगको ५९ दशमलव २ प्रतिशत खानामा, ११ दशमलव ६ प्रतिशत आवासमा, ३ प्रतिशत शिक्षामा र २६ दशमलव २ प्रतिशत गैरखाद्य वस्तु तथा सेवामा खर्च गर्ने गरेको अनुमान छ ।

सर्वेक्षणअनुसार एक जना नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब रु ४४ हजार ५९६ रहेको छ ।

जसमा सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु एक लाख दुई हजार ३२७ पुगेको छ । त्यस्तै सबैभन्दा बढी गरिब २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु १७ हजार २२ रहेको छ ।

सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको ४५ दशमलव ८ प्रतिशत हिस्सा ओगटेका छन् भने सबैभन्दा गरिब २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको अंश ७ दशमलव ६ प्रतिशत रहेको छ ।

नेपालको सहरी क्षेत्रमा बसोवास गर्ने सबैभन्दा गरिब १० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु १५ हजार ४३३ रहेको छ भने सबैभन्दा धनी १० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च दश गुणा बढी एक लाख ५० हजार २०२ रहेको छ । सो खर्च कुल सहरी उपभोगको ६४ दशमलव हिस्सा ओगटेको छ ।

सर्वेक्षण गर्दा विगत सात दिनदेखि कुनै काम नगरेकाहरुमध्ये काम गर्न उपलब्ध नभएका तथा कामको खोजी पनि नगरेका बालक, वृद्ध अशक्त, विद्यार्थी, व्यस्त गृहणी आदिलाई आर्थिक रुपमा हाल निष्कृय रहेको श्रेणीमा सर्वेक्षणमा राखिएको छ ।

नेपालको कुल जनसङ्ख्यामा आर्थिक रुपमा सक्रिय जनसङ्ख्याको ८१ प्रतिशत छ भने बााकी १९ प्रतिशत आर्थिक रुपमा निष्क्रिय रहेको छ । कुल जनसङ्ख्यामा रोजगार जनसङ्ख्याको अनुपात ७८ प्रतिशत रहेको छ ।

पााच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरुले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ ।

नेपालको बेरोजगारी दर ३ दशमलव ३ प्रतिशत पुगेको छ । पुरुषको बेरोजगारी दर ३ दशमलव २ र महिलाको ३ दशमलव ४ रहेको छ । सहरी क्षेत्रको बेरोजगारीदर ८ प्रतिशत, शिक्षित व्यक्तिको बेरोजगारी दर ४ दशमलव १ प्रतिशत रहेको छ ।

सर्वेक्षणअनुसार नेपालको अर्ध बेरोजगारी दर १३ दशमलव ४ प्रतिशत रहेको छ । यसैगरी कुल श्रमशक्तिमध्ये ६ दशमलव ९ प्रतिशतले अपर्याप्त आम्दानीमै काम गरेको देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us