
काबुल (अफगानिस्तान), ११ वैशाख – अफगानिस्तानको राजधानी काबुलमा बिहीबार अमेरिकी अनुदानमा सञ्चालन भइरहेको अस्पतालमा त्यही कार्यरत एक सुरक्षा गार्डले गरेको आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको समाचार छ । सो आक्रमण विदेशी नागरिकलाई लक्ष्यगरी गरिएको जनाइएको छ ।
अफगान सरकारका अनुसार क्युरे अन्तर्राष्ट्रिय अस्पताल नामक यस अस्पतालमा सुरक्षागार्डद्धारा भएको गोली प्रहारमा एक विदेशी चिकित्सकसहित तीन विदेशी नागरिकको मृत्यु भएको जनाइएको छ ।
गोलीबाट प्रहारबाट तीन विदेशी नागरिकको मृत्यु भएको र सोही अस्पतालमा कार्यरत एक महिला कर्मचारी घाइते भएको अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा बताइएको छ ।