डुङ्गा दुर्घटनामा दुईको मृत्यु, एकसय सात बेपत्ता

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ८:०७ मा प्रकाशित

 सोल, ३ वैशाख – दक्षिण कोरियाको एक समुद्रमा बुधबार भएको डुङ्गा दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ ।   प्रायः उच्च माध्यामिक विद्यालयका बालबालिकाहरु सवार रहेका यस डुङ्गा दुर्घटनामा ४७७ व्यक्ति यात्रा गरिरहेका जनाइएको छ ।

दुर्घटनाबाट ३६८ व्यक्तिलाई उद्धार गरिएको पनि समाचारमा जनाइएको छ । सो डुङ्गा दुर्घटनामा १०७ व्यक्ति अझै बेपत्ता रहेका पनि समाचारमा उल्लेख छ ।

स्थानीय समयाअनुसार बुधबार बिहान ११ बजे सो दुर्घटना भएको बताइएको छ । सो डुङ्गामा २३ जना चालक दलका सदस्य रहेका थिए ।

स्थानीय समयाअनुसार बुधबार अपरान्ह् २ बजेसम्ममा ३६८ व्यक्तिलाई उद्वार गरिएको सार्वजनिक प्रशासन मन्त्रालयले समाचारदाताहरुलाई जानकारी दिएको छ ।

सो दुङ्गामा एकै विद्यालयका ३२४ जना विद्यार्थी र १४ जना शिक्षक रहेका पनि जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us