सहयोगी नियुक्त गर्दै कोइराला

काठमाण्डु टुडे २०७० फागुन ६ गते १४:२६ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ६ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक तथा विदेश मामिला सल्लाहकार नियुक्त गरेका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा पूर्वसहसचिव दिनेश भट्टराई तथा आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल यसअघि अर्थमन्त्रालयको सल्लाहकार थिए । साथै प्रधानमन्त्री कोइरालाले वसन्तराज गौतमलाई स्वकिय सचिवमा नियुक्त गरेका छन् ।

यसअघि गौतमले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनको स्वकिय सचिवको जिम्मेवारी बहन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us