सभाध्यक्षमा नेम्वाङ निर्विरोध

काठमाण्डु टुडे २०७० फागुन ६ गते १४:३९ मा प्रकाशित

subash nembangकाठमाण्डु, ६ फागुन – एमाले नेता सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको संविधानसभा बैठकले नेम्वाङलाई निर्विरोध निर्वाचित गरेको हो । सभाध्यक्षका लागि नेम्वाङको मात्रै उम्मेदवारी परेको थियो ।

बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सूर्यबहादुर थापाले नेम्वाङको मात्रै उम्मेदावारी परेकाले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

संविधानसभा भवन वानेश्वरमा साँझ ५ बजेपछि सुरु भएको बैठकमा एमाले संसदीय दलका नेता केपी ओलीले सभासद सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव पेश गरेका गरेका थिए ।

सो प्रस्तावलाई नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला समर्थन गरे ।


यसअघि एकीकृत नेकपा माओवादीले पनि सभामुखमा एमाले नेता सुवास नेम्वाङलाई सघाउने निर्णय गरेको थियो । मंगलबार बिहान बसेको केन्द्रीय कार्यालय एवम् पूर्वपदाधिकारी बैठकले सभामुखमा नेम्बाङलाई नै सघाउने निर्णय गरेको हो ।

अर्को प्रतिपक्षि दल राप्रपा नेपालले पनि नेम्वाङलाई समर्थन गर्ने जनाईसकेको छ । नेम्वाङ अघिल्लो संविधानसभामा पनि सभाध्यक्ष थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us