संविधानसभा उपाध्यक्ष लिन माओवादीलाई एमालेको प्रस्ताव

काठमाण्डु टुडे २०७० फागुन ५ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ५ फागुन – नेकपा एमालेले एकीकृत माओवादीलाई उपाध्यक्ष लिएर संविधानसभा अध्यक्षमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सघाउन आग्रह गरेको छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमले सोमबार साँझ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।

संविधानसभा अध्यक्ष र उपाध्यक्षका लागि व्यवस्थापिका–संसदमा मंगलबार निर्वाचन हुँदैछ । एमाले स्रोतका अनुसार गौतमको प्रस्ताव प्रचण्डले अस्वीकार गरेका छन् ।

माओवादीले विपक्षी गठबन्धनका तर्फबाट आफ्ना नेता कृष्णबहादुर महरालाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ ।

सभाध्यक्षमा सर्वसम्मति जुटाउने प्रयासमा सोमबार संविधानसभा भवनमा बसेको सर्वदलीय बैठकमा माओवादीले सभाध्यक्षमा एमाले नेता नेम्वाङलाई सघाउन काँग्रेस–एमालेले गरेको आग्रह अस्वीकार गर्दै उक्त पद आफ्नो पार्टीलाई दिन आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us