सभाध्यक्ष उम्मेदवारबारे माओवादी अनिर्णीत

काठमाण्डु टुडे २०७० फागुन ५ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– एकीकृत माओवादीले संविसभाध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा हुने निर्वाचनमा उम्मेदवार उठाउने/नउठाउनेबारे मंगलबार maoist-flagमात्र निर्णय गर्ने भएको छ ।

माओवादीले विपक्षी गठबन्धनमा रहेका साना दलहरुसँगको छलफलपछि मात्र उम्मेदवारबारे निर्णय लिने भएको हो । पूर्वमहासचिव पोष्टबहादुर बोगटीले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन आवद्ध दलहरुसँग छलफल गरेर त्यसबारे निर्णय लिइने जानकारी काठमाण्डु टुडेलाई दिए ।

‘हामी निर्णयमा पुगिसकेका छैनौं’, बोगटीले सोमबार साँझ टेलिफोनमा भने, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा छलफल गरेर मंगलबारै निर्णय गर्छौं ।’ उनले गठबन्धनले उम्मेदवार उठाउने निर्णय गरेको अवस्थामा पार्टीका तर्फबाट नेता कृष्णबहादुर महरालाई उम्मेद्वार बनाउने बताए ।

सभाध्यक्षमा सर्वसम्मतिको प्रयासका लागि आइतबार संविधानसभा भवनमा भएको सर्वदलीय बैठकमा माओवादीले शक्ति सन्तुलनका लागि पनि सभाध्यक्ष आफूले पाउनुपर्ने बताएको थियो ।

एमालेले भने नेपाली काँग्रेसको समर्थनमा अघिल्लो संविधानसभामा समेत सभाध्य रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ । संविधानसभामा दुई दलको बहुमत रहेका कारण नेम्वाङ सभाध्यक्ष निर्वाचित हुने निश्चितजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us