नेम्वाङ फेरि संविधानसभा अध्यक्ष

काठमाण्डु टुडे २०७० माघ २९ गते ३:०४ मा प्रकाशित

काठमाण्डु, २९ माघ– एमाले नेता सुवासचन्द्र नेम्वाङ फेरि संविधानसभा अध्यक्ष हुने भएका छन् ।
subasसंविधानसभा र व्यवस्थापिका–संसदको कारबाही सञ्चालनको अनुभव रहेको भन्दै एमालेले पुन: नेम्वाङलाई सभाध्यक्ष बनाउने तयारी गरेको हो ।

काँग्रेस र एमालबीच सत्ता गठबन्धनबारे भएको सात बुँदे सहमतिमा सभाध्यक्ष एमालेको भागमा परेको थियो । तर नेम्वाङ यसअघिजस्तो चार वर्ष सभाध्यक्ष हुन भने पाउने छैनन् ।

कारण काँग्रेस–एमाले सहमतिमा राष्ट्रपति, उपराष्ट्रपति र संविधानसभा अध्यक्षको निर्वाचन एक वर्षपछि गर्ने उल्लेख छ । नेम्वाङ अघिल्लो संविधानसभामा सभाध्यक्ष र पुनस्र्थापित प्रतिनिधिसभामा सभामुख थिए ।

नेम्वाङ ४ मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए ।

संविधानभाको चार वर्षे कार्यकालभर सन्तुलित भूमिका खेलेका नेम्वाङ अन्तिम समयमा भने विवादमा तानिए । संविधानसभा विघटन हुने दिन २०६८ जेठ १४ गते उनले संविधानसभा भवनमा पाइलै टेकेनन् ।

नेम्वाङले संविधानसभाको बैठक बोलाएर केही दिन लगातार बैठक सञ्चालन गरिदिएको भए संविधानसभा विघटन हुँदैनथ्यो भन्नेहरु धेरै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us