एउटै घरबाट ६३ राउन्ड गोली बरामद

काठमाण्डु टुडे २०७० माघ २३ गते १२:२६ मा प्रकाशित

 नुवाकोट, २३ माघ– नुवाकोट प्रहरीले सिक्रे गाविसको एक घरबाट ६३ राउन्ड गोली बरामद गरेको छ ।

सिक्रे–५ रामबहादुर गुरुङका घरमा अवैध हतियार लुकाएर राखेको भन्ने सुराकीका आधारम खोजतलास गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिक्रेबाट खटिएको टोलीले गोलीसहित ५७ वर्षीय रामबहादुर गुरुङ र उनका छोरा २५ वर्षीय रमेशलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

अभियुक्त दुवैलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दायर गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक केशवकुमार बस्नेतले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us