प्रकाश दाहालको स्टाटसमा लेखनाथकी पूर्वपत्नीको यस्तो कमेन्ट

काठमाण्डु टुडे २०७० माघ १८ गते १३:२३ मा प्रकाशित

aastha-and-lekhnathकाठमाण्डु, १८ माघ – नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेकी पूर्व पत्नी आस्था घिमिरेले न्यौपाने विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।

काठमाण्डु टुडेमा प्रकाशित एमाओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको अन्तर्वार्तामा आफ्नो प्रतिक्रिया दिँदै उनले सांकेतिक रुपमा आक्रोश पोखेकी हुन् ।

घिमिरेले आफ्नो पार्टी भित्र पनि गल्ती गर्नेहरुलाई उच्च स्थानमा पुर्‍याइएको बताएकी छन् ।

‘प्रकाश दा भन्दा धेरै गल्ती गर्ने मान्छेहरु त हाम्रोAAstha पार्टी नेकपा–माओवादीले अब्बल स्थानमा पुर्‍याएको छ भने प्रकाश दाको गल्तीलाई माफी दिनु कुनै ठुलो कुरा होइन,’ उनले भनेकि छन्, ‘गल्ती उनले मात्रै गरेका होइनन, अध्यक्षको छोरो भन्दैमा खेदो नै खन्नु पर्छ भन्ने छ र ?’

आस्था नेकपा–माओवादीका नेता न्यौपानेकी दोस्री श्रीमती हुन् । पहिलो श्रीमतीले जनयुद्धमा सहादत प्राप्त गरेपछि न्यौपानेले घिमिरेसँग विवाह गरेका थिए ।

अहिले न्यौपाने र आस्थाबीच पनि सम्बन्ध बिच्छेद भइसकेको छ । न्यौपाने तेस्री श्रीमती विभुती भट्टराईसँग बस्दै आएका छन् ।

आस्थासँग बिहे गर्नुअघि एमाओवादी अध्यक्ष प्रचण्डले सहिद परिवार बिहे गर्न सुझाव दिएका थिए । तर उक्त सुझाव न्यौपानेले मानेनन् । त्यतिबेला माओवादीमा विभाजन आएको थिएन । विभूतिसँगको सम्बन्ध सार्वजनिक भएपछि आस्थाले नै उनलाई छाडेकी थिइन् । आस्थाबाट जन्मिएको छोराको रेखदेख न्यौपानेले आफैंले गर्दै आएका छन् ।

पारिवारिक जीवनमा कमजोरी गरेको भन्दै माओवादीभित्रको वैद्य पक्ष उनीसँग सकारात्मक छैन । तर न्यौपानेको पक्षमा सचिव नेत्रविक्रम चन्द छन् । विभूतिसँग काठमाण्डुको कलंकीस्थित एक पार्टी प्यालेसमा बिहे हुँदा चन्द प्रमुख अथिति थिए

। सम्बन्ध विच्छेदपछि पनि आस्था र न्यौपाने दुवैजना एउटै पार्टीमा छन् । उनीहरु आमने सामने हुँदासमेत बोलचाल गर्दैनन् ।

यसअघि काठमाण्डु टुडेसँगको कुराकानीमा प्रकाशले भने आफूले गल्ती गरेको भन्दै अब यस्तो गल्ती नगर्ने बताएका थिए ।  प्रकाश पनि पार्टी पराजयको कारण भएको भन्दै केन्द्रीय समिति बैठकमा आलोचना भएपछि उनले अध्यक्षको निजी सचिवालयबाट राजिनामा दिएका थिए ।

प्रचण्ड पुत्र प्रकाशसँगको अन्तर्वार्ता पढ्नुहोस

पार्टी सप्रिन्छ भने आमा र म शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us