तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

काठमाण्डु टुडे २०७० माघ १७ गते ९:३१ मा प्रकाशित

DSC_3644

काठमाण्डु, १७ माघ – आज सोनाम, ल्होसार तामाङ समुदायले देशभर हर्षाेल्लासका साथ मनाउँदैछन् । तामाङ समुदायले चन्द्र पात्रो अनुसार २८५० औं सोनाम ल्होसारलाई घोडा वर्षको रुपमा स्वागत गर्दैछन् ।

ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् ।

बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्गले पलैसँगै वर्षहरुको प्रतिनिधित्व गर्ने तामाङ समुदायको विश्वास छ ।

सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा। रामवरणव यादवले सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us