अब १५ हजारमै ‘आईफोन चार’

काठमाण्डु टुडे २०७० माघ १ गते ८:५२ मा प्रकाशित

iphone-4-8gb-dealsकाठमाण्डु, माघ – एप्पलले छिट्टै भारतीय बजारमा ‘आईफोन चार’ रिलन्च गर्दै छ ।

भारतीय बजारलाई लक्षित गरी ‘आईफोन चार’को ८ जीबी भर्सन रिलन्च गर्न लागिएको हो । भारतमा घट्दो बजारलाई मध्यनजर गर्दै एप्पलले १५ हजार रुपैयाँमा ‘आईफोन चार’को ८ जीबी भर्सन लन्च गर्न लागेको बताइएको छ ।

भारतीय बजारमा यसअघि ‘आईफोन चार’को मुल्य २६ हजार ५ सय थियो ।

बजार विश्लेषकहरुका अनुसार आक्रामक ब्यापार गरिरहेको सामसुङ्गलाई किनारा लगाउने उद्देश्यले एप्पले ‘आईफोन चार’को ८ जीवी भर्सन भारतीय बजारमा उतार्न लागेको हो ।

सोही उद्देश्यले गएको अगस्टबाट नै आईफोन ४ को उत्पादन बन्द गरिएको थियो । भारतमा १५ हजारमा पाईने यो मोवाईल नेपालमा पनि २४ हजार रुपैयाँसम्म पाउन सकिने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us