पूर्व इजरेली प्रधानमन्त्री शेरोनको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २७ गते १५:३९ मा प्रकाशित

भूतपूर्व इजरेली प्रधानमन्त्री एरिएल शेरोनको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।

मस्तिष्क घातपछि उनी आठ वर्षम्म अचेत अवस्थामा रहेका थिए।

हालैका दिनहरुमा उनको मृगौलाले काम गर्न छाडेकाले उनको अवस्था निकै बिग्रेको थियो।

शेरोन इजरेलको सैन्य तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व थिए।

विवाद

तर उनको लामो कार्यकाल थुप्रै विवादहरुले भरिएको थियो।

सन् १९८० को दशकताका उनी रक्षामन्त्री रहँदा, युद्ध अपराध गरेको आरोप उनीमाथि लागेको थियो।

तर धेरैले उनले आफ्नो देशको सीमाको जोड्दार रूपमा रक्षा गरेको भनी उनको प्रशंसा पनि गरेका थिए।

रक्षामन्त्री कै रुपमा उनले सन् १९८२ मा लेबननमा पूर्ण स्तरको अतिक्रमणको नेतृत्व गरेका थिए।

त्यसबेला सो कदमको उद्धेश्य इजरेलको उत्तरी सीमानालाई आतंककारी आक्रमणबाट जोगाउनु बताइएपनि, प्रमुख प्राथमिक्ता चाहीं तत्कालीन प्यालेस्टेनी नेता यास्सेर अराफातको संगठन पिएलओलाई ध्वस्त पार्नु थियो।

शेरोनको तेल अभिभबाहिर शेबा मेडिकल केन्द्रमा उपचार भइरहेको थियो। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us