प्रचण्डले राष्ट्रपतिलाई भेट्दै

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १२:०८ मा प्रकाशित

prachandaकाठमाण्डु, २४ मंसिर– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवलाई सोमबार साँझ भेट्दैछन् ।

सोमबार साँझ प्रचण्ड शीतल निवास गएर राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् । भेटमा प्रचण्डले संविधानसभाको निर्वाचन धाँधलीबारे कुरा राख्दै छानबिन आयोग गठन गर्नुपर्ने बताउने प्रचण्डका नीजि सचिवालयले जनाएको छ ।

सोमबार बहान एमाओवादीसहित १८ दलको बैठकले छानबिन नभए संविधानसभामा नजाने र समानुपातिक सभासदको सूची पनि निर्वाचन आयोगमा नपठाउने निर्णय प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउने छन् । त्यस्तै अध्यादेशबाट संविधान संशोधन गर्न नहुने विषयमा १८ दलले गरेको निर्णयबारे पनि प्रचण्डले राष्ट्रपतिलाई ध्यानाकर्षण गराउने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us