थाइल्यान्डका राजाले भनेः सहकार्य गर्नुस्

काठमाण्डु टुडे २०७० मंसिर २० गते ९:५४ मा प्रकाशित

king of thailandबैंकक, २० मंसिर– आफ्नो ८६ औँ जन्मदिनको उपलक्ष्यम थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजले राष्ट्रमा स्थायित्व ल्याउनका लागि सहकार्यका लागि आह्वान गरेका छन् ।

उनले एक स्थानीय टेलिभिजनबाट दिएको एक वक्तव्यमा हालै केही दिनयता थाइल्यान्डमा सरकारविरुद्ध जारी प्रदर्शनका क्रममा भएको हिंसापछि आफ्नो जन्मदिनको मौका पारी दिनुभएको एक वक्तव्यमा सो मनसाय प्रकट गरेका हुन् ।

‘प्रत्येक थाई नागरिकले आफ्नो भूमिका निभाउँदा देशको हितका लागि सचेत हुनुपर्छ, जसले देशमा स्थायित्व र सुरक्षा प्रदान गर्नेछ’, राजा अदुल्यादेजले बताएका छन् ।

थाइल्यान्डमा प्रधानमन्त्री यिङ्लक सिनावात्राको सरकार भङ्ग गरी त्यसको स्थानमा अनिर्वाचित ‘जनपरिषद’ गठन गर्ने लक्ष्य राखी प्रदर्शन जारी राखेको बताइएको छ । केही दिनयता थाइल्यान्डमा जारी सडक हिंसामा पाँच व्यक्तिको मृत्यु हुनाका साथै करिब २०० व्यक्ति घाइते भएका जनाइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us