पर्चा हटाऊ, खर्च बुझाऊः आयोग

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १३:५६ मा प्रकाशित

Electation-Commisionनिर्वाचन आयोगले परिणाम घोषणा भएको ६० दिन भित्रमा आफूले टाँसेका चुनावी पर्चा पम्प्लेट हटाइसक्न सम्बन्धित राजनीतिक दललाई निर्देशन दिएको छ ।

आयोगले आइतबार विज्ञप्ति निकालेर निर्वाचन आचार सँहितामा निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारहरुलाई आफूले टाँसेको पर्चा सम्बन्धित निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको ६० दिनभित्र उप्काई वा हटाई पर्चा टाँसेको स्थान सफा गर्नुपर्नेे व्यवस्था भएकाले त्यही अनुसार गर्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सम्वद्ध पक्षलाई निर्देशन दिएको हो ।

त्यस्तै आयोगले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन पनि निर्देशन दिएको छ । सो व्यवस्था अनुसार, प्रत्यक्ष तर्फका उम्मेदवारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक तर्फका उम्मेदवारले निर्वाचन आयोगसमक्ष खर्चको विवरण बुझाउन निर्देशन दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us