
चीनको छाङ्ग व्हो नम्बर तीन अन्तरिक्ष यानले यसै डिसेम्बर दुई तारिख विहान सबेरै चन्द्रमा अन्वेषण यात्रा सुरु गर्ने भएको छ। नोभेम्बर तीस तारिखका दिन छाङ्ग व्हो नम्बर तीन कार्यभारवाला छाङ्ग चङ नम्बर तीन क्यारियर रकेटलाई इंधन बन्दोबस्त गराउने कार्य पनि सुरु भैसकेको छ।
छाङ्ग व्हो नम्बर तीन भारबाहकका मुख्य इन्जिनियर च्याङ्ग चेले जानकारी दिएअनुसार चीनको नयाँ पुस्ता भारबाहक अर्थात् क्यारियर रकेटको अनुसन्धान तथा उत्पादनमा मुख्य तीन विन्दूलाई जोड दिइने छ। यी तीन विन्दू भनेका प्रदूषण तथा विषविहीन हरित वातावरण संरक्षण यानलाई ठेल्न सघाउने पदार्थको विकास,बहन क्षमताको विस्तार र लागतलाई कम पार्नु रहेका छन्।