जाजरकोट १ को समानुपातिक मतगणना सकियो

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:२४ मा प्रकाशित

Jajarkotजाजरकोट, ११ मंसिर–जाजरकोट क्षेत्र नं १ को समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ ।  क्षेत्र नं १ को मतगणना सकिए लगत्तै क्षेत्र नं. २ को समानुपातिकतर्फको मतगणना मंगलबारदेखि सुरु भएको छ ।

क्षेत्र नम्बर १ को मतपरिणामअनुसार काँग्रेसले सबैभन्दा धेरै सात हजार ४९७ मत पाएको छ । एमालेले सात हजार ३४७ र एमाओवादीले सात हजार १८९ मत पाएका छन् । राप्रपाले एक हजार ६७७ र राप्रपा नेपाल ले ८०३ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २८ हजार २३ मत खसेकोमा सदरमत २७ हजार २५४ रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us