चीनले दियो १६ सामान,जापानले दियो नौ

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १:११ मा प्रकाशित

काठमाण्डु -दुई सातापछि नेपालमा हुन लागेको संबिधानसभा निर्वाचनका लागि जापानले भन्दा चीनले बढी सहयोग गरेको छ । चीनले १६ करोड भन्दा बढीका १६ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । जापानबाट १३ करोड रुपैया बरावरका नौ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको बैदेशिक सहायता हेर्ने निर्वाचन आयुक्त डा रामभक्त पिभी ठाकुरले बताए ।
आयोगले तीन अन्तर्राष्ट्रिय संस्थासहित ५४ राष्ट्रिय संस्थालाई निर्वाचनको पर्यवेक्षणका लागि स्वीकृति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षणका लागि हालसम्म आठ हजार ८२१ ले परिचयपत्र लिएको ठाकुरले बताए । japan and china flag
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि कुनैपनि मतदान स्थल तथा केन्द्रमा अत्याधुनिक सिसी क्यामरा जडान नहुने स्पष्ट पारेको छ । “गोप्य मतदानका लागि आयोगले क्यामरा जडानको विषय सोच्न पनि सक्दैन”–उनले भने । आगामी निर्वाचनका लागि आयोगले १० हजार १३ मतदान स्थल र १८ हजार ४५७ मतदान केन्द्र निर्धारण गरेको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न शान्ति सुरक्षालाई थप सुदृढ पार्न अति आवश्यक भएको ठहर गर्दै मतपेटिका, मतपत्रलगायत अन्य सामग्री सुरक्षित रूपमा सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याउने विषयमा निर्वाचन आयोग र सरकार वीच छलफल भएको छ । गृह मन्त्री घिमिरेले सरकारले निर्वाचनमा शान्ति सुरक्षाको लागि सुदृढ व्यवस्था मिलाएको जानकारी दिएका छन । छलफलमा निर्वाचन आयोगमा भएको छलफलमा निर्वाचन शान्ति सुरक्षा हेर्नुहुने आयुक्त दोलखबहादुर गुरुङ, आयुक्त डा रामभक्त पिभी ठाकुर थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us