अष्ट्रेलियामा ४० वर्ष यताकै भिषण आगलागी

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ८:१९ मा प्रकाशित

सिडनी–अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा बिहिबारबाट सुरु भएको आगलागी अभैm नियन्त्रणमा आउन सकेको छैन । आगलागी ४० वर्ष यताकै भिषण र विनाशकारी भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
राजधानी सिड्नी नजिकैबाट बिहिबार सुरु भएको आगलागीका कारण न्यु साउथ वेल्समा मात्र दुई सय घर नष्ट भएका छन् भने सयभन्दा बढी घरहरुमा क्षति पुगेको एजेन्सीहरुले जनाएका छन् । राजधानी सिड्नीबाट पश्चिमतर्पmको ब्लु माउण्टेन्समा आगलागी अभैm भिषण भएको छ । राजधानी आसपासका क्षेत्रमा भएको आगलागीका कारण राजधानी सिड्नीमाथि आकाशमा बनेको कालो मुस्लोका कारण राजधानी लगायतका सहरहरु दिउँसै अन्धकार बनेका छन् ।
उच्च तापक्रम र तातो हावाका कारण सुरु भएको आगालागीमा परी हालसम्म एक जनाको मृत्यु भएको छ । आफनो घरमा भएको आगलागी निभाउने प्रयासमा उनको मृत्यु भएको थियो । आइतबारबाट तापक्रममा वृद्धि हुनुका साथै तातो हावा बहन थालेपछि भने आगलागी अभैm पैmलिन सक्ने स्थानीय अधिकारीको आशंका छ । तापक्रम नियन्त्रणमा नआउन्जेल र हावा लाग्न नछोडेसम्म आगलागी नियन्त्रणमा ल्याउन कठिन हुने भएकाले अग्नि नियन्त्रकहरुले समेत प्रभावकारी रुपमा आगो निभाउन नसकेको बताइएको छ । आइतबार ब्लु माउण्टेन्समा बसोबास गरिरहेका स्थानीय वासिन्दाहरुलाई सुरक्षित स्थलतर्पm जान आग्रह गरिएको छ ।
आगलागी नियन्त्रणमा आउने नदेखिएपछि स्थानीय अधिकारीहरुले अन्य थुप्रै मानिसलाई सुरक्षित स्थलतर्पm लानु पर्ने बताएका छन् । उच्च तापक्रमका कारण अष्ट्रेलियाका जंगलहरुमा यस्ता आगलागी हरेक वर्ष हुने गर्दछ । यसपटकको आगलागी अनियन्त्रित र भयंकर भएकाले जनजीवन त्रसित बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us