झण्डै दुई लाख जनशक्ति सुरक्षाका लागि खटाउने योजना

काठमाण्डु टुडे २०७० असोज ११ गते १४:३४ मा प्रकाशित

काठमाण्डु असोज–नेपालमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चाहना व्यक्त गर्दै आएको उत्तरी छिमेकी चीनले दोस्रो संबिधानसभा निर्वाचनका लागि एक करोड आरएमबी (करीव १५ करोड रुपैया)बरावरको निर्वाचन सामग्री पठाएको छ । 
चीनले पठाएका निर्वाचनका लागि मतपत्र छाप्ने कागज र निर्वाचन कार्यालयका लागि आवश्यक सामग्री शुक्रवार काठमाण्डु आइपुगेको चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनबाट पठाइएका सामान शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेपालका लागि चिनिया राजदुत र निर्वाचन आयोगका सहसचिव महेश्वर न्यौपानेले ग्रहण गरेका हुन ।
नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनले उपलब्ध गराएको सहयोग निकै महत्वपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । न्यौपानेले भने‘नेपालको लोकतान्त्रिक प्रक्रियाका लागि चीनले सधै सहयोग गर्दै आएको छ । यो सहयोग निर्वाचन बन्दोवस्तीका लागि हामीलाई थप मद्दत हुनेछ । हामी निर्धारित मितिमा निर्वाचन गराउन प्रतिबद्ध छौ ।’
नेपालका लागि चिनियाँ राजदुतावासका अनुसार निर्वाचनको कागज लगायत कार्यालयका लागि आवश्यक सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराइएको हो । नेपालका लागि चिनियाँ राजदुत ऊ छुन्थाईले आफूहरुले उपलब्ध गराएका निर्वाचनका लागि आवश्यक सामग्री सरकारी स्तरमा भएको महत्वपूर्ण रहेको बताए । उनले भने‘चीन र नेपाल असल छिमेकी हुन । दुई देशका सरकार र जनताले सहयोग आदान प्रदान गरिरहेका छन । यो पनि चीन सरकारले नेपाली सरकारलाई उपलब्ध गराएको महत्वपूर्ण सहयोग हो ।’
निर्वाचनका लागि चुनौती रहेको सुरक्षाका लागि गृहमन्त्रालयले सुरक्षा व्यवस्थालाई कडा बनाउदै लगेको न्यौपानेले बताए । उनका अनुसार निर्वाचन सुरक्षाकालागि ६१ हजार नेपाली सेना,२९ हजार सशस्त्र प्रहरी,६० हजार नेपाल प्रहरी र ४५ हजार स्वयंमसेवक परिचालन गर्ने गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us