कर नतिर्नेहरुलाई कडा कारवाहीको तयारी

काठमाण्डु टुडे २०७० भदौ २८ गते १४:२२ मा प्रकाशित

Tanka Mani sharma 2काठमाण्डु २८ भदौ –आन्तरिक राजस्व बिभागले कर नतिर्नेहरुलाई कडा कारवाहीको तयारी थालेको छ । बिभिन्न ९२ वटा बस्तुगत संघ संगठनसँग शुक्रवार काठमाण्डुमा गरेको अन्तरक्रियामा बिभागका महानिर्देशक टंकमणि शर्माले त्यस्तो जानकारी गराएका हुन ।

आर्थिक अध्यादेश २०७० ले प्रदान गरेका कर सम्बन्धी छुट सुविधाको बढीभन्दा बढी करदाताहरुलाई जानकारी गराउने उद्देश्यले आन्तरिक राजस्व विभागले अन्तक्र्रिया गरेको हो । शर्माले भने ‘२–३ करोडको व्यापार गर्ने तर करमा चाहिं २० लाख भन्दा कमको कारोवार गरेको देखाएर राजस्व छल्ने कसैलाई पनि छाडिने छैन ।’
ईंटा उद्यमी, मिसम्याचमा परेका करदाताहरु,सहकारी, पत्रपत्रिका लगायत अन्यलाई कर सम्बन्धी छुट सुविधाहरु दिएका स्मरण गराउदै शर्माले सो अध्यादेशमा उल्लेखित समय भित्र कर कानुन अनुसार तिर्नुपर्ने कर तिरेर सरकारले उपलब्ध गराएको विषेश व्यवस्थाबाट फाईदा लिन आग्रह गरेका छन ।
साना व्यवसायीहरुको समस्या सम्बोधन गर्नका लागि यस वर्ष अन्तिम पटक कर सम्बन्धी छुट सुविधाहरु ल्याइएको जानकारी दिदै महानिर्देशक शर्माले आर्थिक अध्यादेशले तोकेको समयसीमा सकिएपछि पुरानै कानुनको आधारमा करारोपण गरिने बताए । वर्षौदेखि राजस्व छलेर भाग्ने व्यवसायीलाई सरकारले कर सम्बन्धी छुट सुविधाहरु दिने तर वर्षौदेखि नियमित रुपमा सरकारलाई राजस्व तिर्ने व्यवसायीलाई सरकारले कुनै सुविधा नदिएकोमा व्यवसायीहरुले नै आफूमाथि निरन्तर जिज्ञासा राख्ने गरेका उनले बताए । यस आर्थिक वर्षमा पनि गत आर्थिक वर्ष झै जनतालाई कर सम्बन्धी विषयमा सुसूचित गराउन करमेला, गोष्ठी, विभिन्न अन्तक्र्रिया कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
कार्यक्रममा विभागका निर्देशक गोपालप्रसाद घिमिरेले पेश गरेको ‘आर्थिक अध्यादेश २०७०ले गरेका विशेष व्यवस्थाहरु’ विषयक कार्यपत्रमा आर्थिक अध्यादेश २०७० मार्फत् केही व्यवसायीका लागि कर सम्बन्धी छुट सुविधाहरुको व्यवस्था गरेको हु“दा आय व्यय विवरण बुझाएर करबाट मुक्त हुन आग्रह गरिएको छ ।
कार्यपत्रमा पत्रकार एवं सञ्चार तथा प्रकाशन गृहलाई शुल्क तथा व्याज मिनाहाका लागि आर्थिक अध्यादेश २०७० को दफा २३ मा उल्लेखित व्यक्तिहरुले २०७० पुस मसान्तभित्र आर्थिक वर्ष ०६८÷६९ को करयोग्य आयमा आयकर ऐन, २०५८को अनुसूचि १ को दफा १ वा २ मा तोकिएको दरले कर गणना गरी आय विवरण तथा कर रकम दाखिला गरी स्थायी लेखा नम्बर लिएमा आर्थिक वर्ष ०६८÷६९ भन्दा अगाडिका आर्थिक वर्षहरुको आय विवरण पेश गर्नु नपर्ने एवं सो मा लाग्ने कर, शुल्क तथा व्याज समेत मिनाहा हुने उल्लेख छ ।
कार्यक्रममा जडीबुटी, हस्तकला, कृषिजन्य वस्तुको कारोवार, वनस्पती घिउ, कम्प्यूटर एशोसिएसन, हस्तकला व्यवसायी संघ, ग्या“स डिलरका प्रतिनिधि, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल समुद्रपार निकासी पैठासी संघ, भन्सार एजेन्ट महासंघ, नेपाल खुद्रा व्यापार संघलगायतका प्रतिनिधिहरुले कर सम्बन्धी जिज्ञासाहरु राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us