वैद्य माओवादीलाई माया गर्न प्रचण्डको निर्देशन

काठमाण्डु टुडे २०७० भदौ २७ गते ५:२५ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता–कार्यकर्ताहरुलाई माया गर्न आफ्ना नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टीका हरेक बैठक, प्रशिक्षण लगायतका कार्यक्रममा प्रचण्डले सबैभन्दा नजिकको prachanda-baidhyaराजनीतिक शक्ति वैद्य माओवादी बाहेक अरु हुनै नसक्ने भन्दै यस्तो निर्देशन दिने गरेका छन् ।

‘अध्यक्षले वैद्यजीसँग पार्टी एकताको सम्भावना छ, त्यसैले उहाँका कार्यकर्ताहरुलाई माया गर्नुहोला भन्ने निर्देशन दिनु भएको छ,’ एमाओवादी नेता कृष्णबहादुर महराले अन्नपूर्ण पोष्ट दैनिकको विहीबारको अंकमा अन्तरवार्ता दिदै भनेका छन् ।

एमाओवादी चुनाव हुनुपर्ने पक्षमा र वैद्य माओवादी चुनाव हुन नदिने पक्षमा भएकाले तत्काल एकताको सम्भावना भने नरहेको महराले बताएका छन् । माओवादी चुनावमा आए तालमेलको सम्भावना भने कायमै रहेको उनले औंल्याएका छन् ।

नेपालका विग्रिएका राजनीतिक दलहरुमध्ये पनि सबैभन्दा राम्रो दल एमाओवादी नै भएको उनले जिकीर गरेका छन् । ‘जनताले हामीलाई आलोचना पनि गर्छन् तर एमाओवादीको विकल्प छैन । जनताले सबै पार्टी विग्रेका पनि भन्लान् । संविधान बनाएनन् पनि भन्लान् । विग्रेकामध्ये सबैभन्दा राम्रो पार्टी छान्नै परेपछि एमाओवादीलाई नै छान्ने हो,’ महराले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us