रासायनिक हतियारको प्रमाण छ : अमेरिका

काठमाण्डु टुडे २०७० भदौ १७ गते ४:४८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ – अमेरिकाले सिरीयामा रासायनिक हतियार प्रयोग भएको प्रमाण आफूसँग रहेको दावी गरेको छ । स्नायु प्रणालीमा प्रभावित पार्ने ग्याँस ‘सारिन’ प्रयोग भएको अमेरिकाको दावी छ ।

अमेरिकी विदेश मन्त्री जोन केरीले आक्रमणमा मारिएकाहरुको रगत र कपालको नमुना परीक्षणबाट रासायनीक हतियार प्रयोग भएको पुष्टि गरेको दावी गरेका हुन् । संयुक्त राष्ट्रसंघले रासायनिक हतियार प्रयोग भए–नभएकोबारे जाँच जारी राखेकोबेला अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई बाहिर आएको हो ।

सरकार विरुद्ध आन्दोलनरत समूहलाई सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेर नरसंहार मच्चाएको आरोपमा अमेरिकाले सैनिक कारबाही गर्ने तयारी गरेको छ । रुस, चीन लगायतका राष्ट्रले भने सिरियामा हमला नगर्न अमेरिकालाई चेतावनी दिँदै आएका छन् ।

सिरिया सरकारले भने रासायनीक हतियार प्रयोगको आरोप अस्वीकार गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us